हरि शर्मा परासी, वैशाख १ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला नेता रमेश बस्याललाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–४ आनन्दनगर बस्ने बस्याललाई आइतबार दिउँसो घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । उनी विप्लव समूहका जिल्ला सदस्य रहेको भट्टले जानकारी दिए । बस्याललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।…