प्रकाश मैनाली (इमेज) सर्लाही, वैशाख २७ । सर्लाहीको लालबन्दी नगरपालिका–१४, नारायणखोलाबाट ठूलो परिमाणमा अवैध लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् । प्रहरीले गाँजा प्रशोधन गर्ने स्थलमा छापामारी एक क्विन्टल गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका नारायणखोला, गङ्गटेका ३३ वर्षीय सानोकान्छा योञ्जन…