Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


चितवनमा २ सय २० केजी अवैध गाँजासहित एकजना पक्राउ

चितवन । २ सय २० केजी अवैध लागूऔषध गाँजासहित चितवनमा एकजना पक्राउ परेका छन् । राप्ती नगरपालिका वडा नम्बर ४ भवानीपुरबाट प्रहरीले २२० केजी गाँजासहित हेटौंडा उपमहानगरपालिका–७ का सौगात श्रेष्ठलाई पक्राउ गरेको हो । गाँजा तस्करी भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएकोे टोलीले गएराति ३ बजे उनलाई पक्राउ गरेको हो ।…