Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार

ललितपुर । ललितपुरको महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार भएका छन् । डाँका मुद्दाका दुई र एक जना लागूऔषधका अभियुक्त गएराति फरार भएका हुन् । हिरासत कक्षको ग्रिल उप्काएर उनीहरु भागेका हुन् । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । थुनुवाहरुलाई जावलाखेल प्रहरीमा राख्नुपर्नेमा ठाउँ अभाव भएका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो ।…