Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


चार लाख घुससहित ‘डीएफओ’ रंगेहात समातिए

सुर्खेत, असार २७ । डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख रु चार लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले डिभिजन वन प्रमुख भक्तबहादुर लामालाई शुक्रबार कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो । आयोगको सुर्खेत कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले सेवाग्राहीबाट रु चार लाख घुस लिइरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिए । रासस