कविराज घिमिरे धनकुटा, जेठ ५ । बहिनी जिस्काएको निहुँमा धनकुटाको महालक्ष्मी नगरपालिकामा एक युवकले आफ्नै साथीको हत्या गरेका छन् । महालक्ष्मी नगरपालिका–२ का २५ वर्षीय घनेन्द्र लिम्बुले आफ्नै साथी २२ वर्षीय सन्तोष लिम्बुको हत्या गरेका हुन् । घनेन्द्रले धारिलो हतियार प्रयोग गरी सन्तोषको हत्या गरेका प्रहरीले जनाएको छ । सन्तोष र घनेन्द्र वैशाखे पूर्णिमाको अवसरमा…