अर्घाखाँची, वैशाख १५ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई नेता अर्घाखाँचीको सन्धिखर्कबाट पक्राउ परेका छन् । मालारानी गाउँपालिका वडा नं. ६, साकिनधारा घर भएका बालकृष्ण भलामी र भूमिकास्थान नगरपालिका वडा नंं. ३ धारापानीका शंकर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । भलामी चन्द समूहका मालारानीको ईन्चार्ज हुन् भने शाही जिल्ला कमिटी सदस्य हुन्…