कास्की, चैत २४ । नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको समूह निकट अखिल (क्रान्तिकारी) कास्कीका एक नेतृलाई प्रहरीले पक्राउ गरेको छ । क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष आस्था नेपालीलाई आज बिहान प्रहरीले पोखरा–११ फूलबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । स्याङ्जा स्थायी ठेगाना भएकी विद्यार्थी नेतृ नेपाली हाल फूलबारीमा बस्दै आएकी…