कैलाली, साउन २४ । कैलाली प्रहरीले नक्कली नोट र त्यस्ता नोट छाप्न प्रयोग हुने मेसिनसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–१ का खगे्रन्द्र रजवार, भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी बर्दिवास नगरपालिका–६ का गोकुल खड्का छन् । धनगढी उपमहानगरपालिका–१ को नैनादेवी टोलबाट पक्राउ गरिएका उनीहरुलाई…