
कैलाली । कैलालीको धनगढीमा भएको बम बिस्फोटमा परी घाइते भएका कञ्चनपुरको बेलडाँडीका लक्ष्मण सेरेलालाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको छ ।
गत साउन २ गते भएको बिस्फोटमा घाइते भएका सेरेलालाई उपचार पछि आज माया मेट्रो अस्पतालले डिस्चार्ज गरेकोमा उनलाई अस्पताल परिसरबाटै पक्राउ गरिएको हो ।
प्रहरीको निगरानीमै उनको उपचार भइरहेको थियो । सेरेला विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । सेरेलालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
बम विस्फोटमा बझाङका रामबहादुर सिंहको मृत्यु भएको थियो । होटल सञ्चालकसहित पाँच जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्