सुनसरी, पुस १० । धरान उपमहानरपालिका– १५ मा श्रीमानको कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । श्रीमान् काजीमान र श्रीमतीबीच घरायसी वादविवाद भई कुटपिट भएको थियो । कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बिपी कोइराला…