
सुनसरी, पुस १० । धरान उपमहानरपालिका– १५ मा श्रीमानको कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।
श्रीमान् काजीमान र श्रीमतीबीच घरायसी वादविवाद भई कुटपिट भएको थियो ।
कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए ।
प्रहरीले श्रीमती हत्यामा संलग्न काजीमानलाई पक्राउ गरेको छ ।रासस
प्रतिक्रिया दिनुहोस्