सुनसरी, पुस १४ । आफ्नै अनुयायीमाथि यौन दुर्व्यवहारको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । गिरीको मुद्दामा सोमबार थुनछेक बहस सकिएसँगै अदालतले उक्त आदेश दिएको हो । सोमबार प्रतिवादी गिरीका तर्फबाट…