
काठमाडौं । काठमाडौंका बिभिन्न स्थानबाट नियन्त्रणमा लिईएका १ सय २२ जना चिनियाँ नागरिकलाई आज(आइतबार) पुनः १० दिनको म्याद थप गरिएको छ ।
गत सोमबार राती पक्राउ गरिएका उनीहरुलाई गत मंगलबार पाँच दिनको म्याद थपिएको थियो ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले गत सोमबार काठमाडौंका बिभिन्न स्थानमा छापा मारी ८ जना महिलासहित १२२ जना चिनियाँलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र ब्यबहारमा मुद्दामा कारबाही अघी बढाएको छ ।
सीआईबीले हालै चिलीमा सम्पन्न इन्टरपोलको बैठकमा एनसीबी बेइजिङले चिनियाँ नागरिकहरु नेपालमा बसेर साइबर क्राइम गरिरहेको सूचना दिएपछि उनीहरुलाई पक्राउ गरिएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्