जुम्ला, मंसिर १२ । पातारासी गाउँपालिका–५ लासीका–९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए । उनी आज चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका छन् । हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । स्कुल झोला र पोशाकसँगै उनी मृत अवस्थामा फेला परेका थिए…