२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


एनसेलका टावरमा फेरि गराइयो आगजनी


0
Shares

काठमाडौं, पुस २९ । काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी गराइएको छ । दक्षिणकाली नगरपालिकाको छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी गराइएको हो ।

आगजनीबाट टावरमा क्षति पुग्दा सेवा नै प्रभावित भएको छ । आगजनीको जिम्मा कसैले नलिएपनि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गराएको आशंका गरिएको छ ।

राज्यलाई कर नतिरेको भन्दै विप्लव समूहले यसअघि पनि एनसेलका विभिन्न स्थानका टावरमा आगजनी गराएको थियो ।

गत वर्ष फागुनमा सोही समूहले भैंसेपाटीस्थित एनसेल मुख्यालयमा बम विष्फोट गराउँदा एक जना मारिएका थिए ।