काठमाडौं । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी रामधुनी १ का आशिष प्याकुरेललाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । श्रीमतीले आशिषमाथी जबरजस्ती करणीको उजुरी हालेपछि महानगरिय प्रहरी वृत सातदोबाटोले यही असोज ९ गते पक्राउ गरेको थियो । ललितपुर जिल्ला अदालतमा भएको बन्द इजलासको बहसमा जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासले…