बझाङ, असोज १४ । बलात्कारपछि हत्या गरिएकी मष्टा गाउँपालिका वडा नम्बर-२, खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा-२ का २० वर्षीय राजेन्द्र बोहरालाई आरोपितकारुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव सम्झनाका आफन्तले बुझेका हुन् । शव बुझ्दै उनका आफन्त गोरख कामीले दोषीलाई…