कञ्चनपुर, भदौ ३० । सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल राना छन् । उनीहरुलाई सोमबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।…