चितवन, कात्तिक ६ । चितवनको भन्डारामा मकैको खलियामा लुकाइराखेको लाखौं नक्कली रुपैयाँ प्रहरीले बरामद गरेको छ । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का २६ वर्षीय जितबहादुर लोप्चनले लुकाइराखेको तीन लाख २१ हजार नक्कली नोट बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङले तीन लाख २१ हजार नक्कली नोटसहित गएको मंगलबार भन्डाराबाट लोप्चनलाई…