रक्सी पिउँदा-पिउँदै विवादपछि 'काकाको हत्या' • Image Khabar Image Khabar


रक्सी पिउँदा-पिउँदै विवादपछि ‘काकाको हत्या’


इमेजखबर
३ कार्तिक २०७७, सोमबार २१:०६

रक्सी पिउँदा-पिउँदै विवादपछि 'काकाको हत्या'

कास्की, कात्तिक ३ । आफ्नै काकाको हत्या गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् ।

५५ वर्षीय टंकबहादुर तामाङको हत्या गरेको आरोपमा ओखलढुंगाको सुनकोशी गाउँपालिका-५, बान्द्रेका ४६ वर्षीय ईन्द्रबहादुर तामाङलाई आइतबार प्रहरीले पक्रेको हो ।

पोखरा महानगरपालिका-२०, मजुवा-बिसौना-विजयपुर कोट पर्यटकीय पैदलमार्ग निर्माणको काम गर्दै आएका सुनकोशी-५ कै टंकबहादुर गएको वैशाख २१ गते बिहान आफू बस्दै आएको मजुवास्थित छाप्रोमा मृत अवस्थामा फेलापरेका थिए ।

प्रहरीले ईन्द्रलाई लमजुङको मध्यनेपाल नगरपालिका-२, सोतीपसलबाट पक्राउ गरेको हो । घटनापश्चात् फरार रहेका उनी त्यहाँ लुकीछिपी बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

वैशाख २० गते बेलुका टंक र ईन्द्रसमेतका व्यक्तिहरुले सँगै रक्सी सेवन गरेका थिए । सोहीक्रममा भाँडा खसालेको विषयमा टंक र ईन्द्रबीच विवाद हुँदा ईन्द्रले टंकको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

ईन्द्रउपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्