स्याङ्जा, माघ २८ । स्याङ्जाको हरिनास गाउँपालिकामा एक जना हतियारसहित पक्राउ परेका छन् । हरीनास गाउँपालिका– ३ बलाम्दीका ४० वर्षीय तुलबहादुर रानालाई एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने ३१ वटा सिसाको छर्रा, बारुद र भरुवा बन्दुकमा प्रयोग हुने २ थान चापघोडासहित प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले रानाको घर…