बैतडी, फागुन १६ । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डीएनए परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । डीएनए परीक्षणका लागि रगतलगायतका आवश्यक पदार्थ राष्ट्रिय विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको हो । डीएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ…