भागरथीको हत्या आरोपी दिनेशको डीएनए परिक्षणका लागि काठमाडौं पठाइयो • Image Khabar Image Khabar


भागरथीको हत्या आरोपी दिनेशको डीएनए परिक्षणका लागि काठमाडौं पठाइयो


Imagekhabar
१६ फाल्गुन २०७७, आईतवार १४:३८

भागरथीको हत्या आरोपी दिनेशको डीएनए परिक्षणका लागि काठमाडौं पठाइयो

बैतडी, फागुन १६ । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डीएनए परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

डीएनए परीक्षणका लागि रगतलगायतका आवश्यक पदार्थ राष्ट्रिय विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको हो ।

डीएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

परीक्षण रिपोर्ट केही दिनमै आउने बताइएको छ ।

यसअघि भागरथीको भजाइनल स्वाब प्रयोगशाला पठाइएको भए पनि रिपोर्ट आएको छैन् ।

गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दा माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।

घटनामा संलग्न रहेको आरोपमा गत फागुन ५ गते प्रहरीले दिनेशलाई सार्वजनिक गरेको थियो ।

यस्तै भागरथीको हत्यामा संलग्न दिनेशमाथि अनुसन्धानका लागि शुक्रवार जिल्ला अदालतबाट तेस्रोपटक ५ दिनका लागि म्याद थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्