दाङ । प्रहरीले ६ किलोभन्दा बढी लागुपदार्थ अफिम सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका–५ का ३८ वर्षीय प्रकाश घर्ती रहेका छन् । घर्तीले बोकेको झोलामा ८ वटा पोका बनाइ राखेको अवस्थामा ६ किलो २३ ग्राम अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रोल्पाबाट दाङतर्फ अफिम ल्याउँदै गरेको…