धनकुटा । धनकुटामा लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । बैशाख १८ गते मदन चौकबाट पक्राउ परेका धनकुटाको चौविसे गाउँपालिका–७ का भिमराज लिम्बु बयानका आधारमा धनकुटा नगरपालिका–६ का रुपेश मरिक र धनकुटा–७ सिरवानीका हरिकृष्ण श्रेष्ठ लाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुको साथबाट र घरमा लुकाइ छिपाई राखेको एभिल, लुप्रिजेसिक र डाइजेल्याव…