बैतडी, साउन २२ । मन्दिरको सुन चोरेको आरोप लागेर प्रहरी हिरासतमा रहेका २ जनालाई कारागार चलान गरिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका १ रीमस्थित लटिनाथ मन्दिरको सुनचोरी प्रकरणमा पक्राउ परेका ७ जनामध्ये २ जनालाई कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । कारागार चलान गरिनेमा दोगडाकेदार गाउँपालिका १ रिमका धनबहादुर…