दाङमा पेस्तोलसहित दुई भारतीय पक्राउ « Image Khabar


दाङमा पेस्तोलसहित दुई भारतीय पक्राउ


Border circle
Imagekhabar

दाङ । दाङमा अत्याधुनिक हतियार पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने दुई थान म्याग्जिन र दुई राउन्ड गोलीसहित उनीहरुलाई सोमबार साँझ ५ बजेतिर पक्राउ गरिएको हो ।

पूर्व–पश्चिम राजमार्ग स्थित दाङको गढवा गाउँपालिका १ जुरौलीमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा भारतको सिद्धार्थनगर पञ्चायत ३ निवासी २२ बर्षीय करमुल्लाह आमिर र भारतकै सिद्धार्थनगर ८ निवासी १९ वर्षीय राजा खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

प्रहरीका अनुसार जिल्लामा पेस्तोल बिक्री वितरण गर्दै आएको भन्ने सूचना आएपछि खोजतलास गर्दा उनीहरु पक्राउ परेका शुन् । कहाँ लैजान लागेको, कहाँबाट ल्याएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्