काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा विभिन्न स्थानबाट हराएका मोटरसाइकल फेला पारेर सवारी धनीलाई हस्तान्तरण गरिएको हो । चालु आर्थिक वर्ष २०७८/०७९ को साउन र भदौमा मोटरसाइकल चोरीको आरोपमा १३ जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।…