![](https://www.imagekhabar.com/wp-content/uploads/2021/09/Sonam-Tanmang.jpg)
काठमाडौं । सितापाइलाबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–३ जितपुरफेदीका २४ वर्षीय सोनम तामाङ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको टोलीले बुधबार दिउँसो सितापाइलास्थित छाउनी मार्गमा पेस्तोल बोकेको देखेपछि उनलाई नियन्त्रण्मा लिएको थियो ।
तामाङको साथबाट अटोमेटिक लोडेड पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोली, मोबाइल, बा ४९ प ७५६५ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि महानरीय प्रहरी वृत्त स्वयम्भूमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्