वीरगञ्ज । वीरगञ्जमा स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हुन्डी कारोबार भइरहेको सूचना आधारमा माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रका सञ्चालक कन्हैयाप्रसाद सोनार र बाराका दीपककुमार सर्राफलाई नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीहरूको साथबाट स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैया नगद बरामद गरिएको छ । उनीहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यसअघि पनि प्रहरीले सोही पसलबाट स्रोत नखुलेको ४१ लाख ९२ हजार नगद र २ किलो ९ सय ग्राम चाँदीसहित ८ जनालाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्