हेटौंडा, पुष ९ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध लागूपदार्थ ३० किलो ५ सय ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बरको जिपलाई चेकजाँच गर्दा सिटमुनी लुकाइराखेको अबैध लागु पदार्थ गाँजा भेटिएकोे प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनुषा नगराइन नगरपालिका वडा नम्बर– २ का जिप चालक सुबोध मण्डल…