काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरु लिन थालेको र सरकार भ्रष्टाचार, पक्षपात तथा कुशासनमा फसेको आरोप लगाउँदै त्यसलाई बहिष्कार गर्न माग गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै संगठनले उर्जामन्त्री कुलमान घिसिङबाट ४३ करोड रुपैयाँ नोक्सानी भएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट प्रदान गरेको, महान्यायाधिवक्ता सविता बराल भण्डारीले…