Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्च अदालतकाे आदेश


689
Shares

काठमाडाैं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामुक्त गर्न आदेश दिएकाे छ।

डा‌. नहकुल सुवेदी र श्रीकान्त पाैडेलकाे संयुक्त इजलासले आइतबार प्रसाईलाई थुनामुक्त गर्न आदेश दिएकाे हाे । प्रसाईका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको छ। अभिव्यक्तिलाई लिएर मात्र प्रसाईलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लंघन हुने अदालतको आदेशमा उल्लेख गरिएकाे हाे।

‘२०८२/८/६ मा निवेदक संलग्न महाअभियानले सञ्चालन गर्ने कार्यक्रम शान्तिपूर्ण ढंगले सञ्चालन गर्ने सहमति समेत भैसकेको भनी विद्वान कानुन व्यवसायीहरूले इजलासलाई अवगत गराउनु भएको परिवर्तित सन्दर्भमा निवेदक विरुद्धको दावीको कसुरमा अनुसन्धान तत्काल गर्नुपर्ने वा सो प्रयोजनका लागि निजलाई हिरासतमा राख्नुपर्ने औचित्य समेत समाप्त भैसकेको देखिन आएकोले यी निवेदक विरुद्ध जारी पक्राउपूर्जी तथा म्याद थप लगायतका अनुसन्धान सम्बन्धी सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशले बदर भई निवेदक प्रसाईलाई गैरकानुू थुनाबाट तत्काल मुक्त गर्नु भनी विपक्षीहरूको नाउँमा बन्दी फ्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ जारी आदेशमा अगाडि भनिएको छ।’

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाई यहि मंसिर २ गते मध्यरात भक्तपुरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेकाे थियाे। प्रसाईले आइतबार आन्दाेलन गर्ने बताएका थिए । तर, सरकार र प्रसाई पक्षबीच शनिबार आन्दाेलन फिर्ताकाे सहमति भएकाे थियाे।

Skip This