काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार ७ घण्टा चलेको वार्ता निष्कर्ष विहीन बन्न पुगेकाे छ। पुनः छलफल गर्नेगरी वार्ता सकिए पनि हालसम्म वार्ता हुन सकेको छैन । उज्यालो नेपालले रास्वपासँग एकता गर्न उपसभापतिसहित पार्टीमा समग्र ३० प्रतिशत भागबन्डा हुनुपर्ने…