Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


रास्वपा–बालेन शाहबीचको वृहत् एकता सहमति केन्द्रीय समितिबाट अनुमोदन


559
Shares

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भएको वृहत् एकता सहमति रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ।

रास्वपा सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार राति बसेको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमतिको अनुमोदन गर्ने निर्णय गरेको हो। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकले राष्ट्रहितका लागि आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने सहमतिको कार्यान्वयनबाट मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति न्यूनीकरण गर्दै सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्याय स्थापना गर्ने लक्ष्य लिएको छ।

सभापति लामिछाने र मेयर शाहबीच लामो छलफलपछि आइतबार बिहान करिब ४ बजे सहमतिमा हस्ताक्षर भएको थियो। सहमतिअनुसार एकतापछि पार्टीको नाम, झन्डा र चुनाव चिह्न रास्वपाकै रहनेछ।

त्यसैगरी, रास्वपाले आगामी निर्वाचनमा बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ। पार्टी नेतृत्वमा भने सभापति रवि लामिछाने नै कायम रहने र बालेन शाहको वरीयता दोस्रो रहने सहमति भएको जनाइएको छ।

Skip This