Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


पर्यटन क्षेत्रलाई उद्योग भनेका छौं, तर सुविधा दिएका छैनौं: मन्त्री सिन्हा


195
Shares

काठमाडाैं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिएपनि उद्योगसरह सुविधा भने नदिएको बताउनुभएको छ।

सिंहदरबारमा सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन उद्योगलाई उद्योगको रुपमा पाउनुपर्ने औद्योगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरुलाई हाल भएको कानूनले नदिएको उल्लेख गर्नुभयो । यसलाई सहजीरकरण गर्नुपर्नेमा उहाँकाे जोड छ। उहाँले हाल ८० प्रतिशत भन्दा बढी आन्तरिक पर्यटकहरुले होटलहरु खचाखच भरिएको बताउनुभयो । आन्तिरिक पर्यटनलाई सुविधाजनक बनाइदिए अझै यो बढ्ने उहाँको उहाँको भनाइ छ । पर्यटन व्यवसायीहरुले आन्तरिक पर्यटनमा भएका खर्चहरुमा करको मिनाहा गरिदिन आग्रह गरेको पनि उहाँले बताउनुभयो ।

मन्त्री सिन्हाले पर्यटन क्षेत्रका सम्पूर्ण समस्यालाई सम्बोधन गर्नेगरी एकीकृत विधेयक ल्याउने तयारीमा मन्त्रालय रहेको पनि जानकारी दिनुभयो।