काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा देखिएको असमानताप्रति प्रश्न उठाउँदै हतियार आपूर्तिका लागि विकसित संयन्त्र किसानका अत्यावश्यक सामग्री उपलब्ध गराउन प्रभावकारी हुन नसकेको बताउनुभएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई अाज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले क्षेप्यास्त्र, राइफल तथा गोलाबारुदजस्ता हतियार विश्वका विभिन्न कुनामा तोकिएको समयमै पुर्याउन सकिने अवस्था रहे पनि किसानले आवश्यक समयमा उचित…