Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


‘युवालाई स्वदेशमै सफल हुने वातावरण बनाऔँ’ : प्रधानमन्त्री बालेन


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा पुस्तान्तरणको प्रक्रिया तीव्र हुँदै गएको बताउँदै नयाँ पुस्ताले राजनीतिक पारदर्शिता, इमानदारी र आर्थिक अवसरको अपेक्षा गरिरहेको बताउनुभएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै युवालाई स्वदेशमै आफ्नो भविष्य निर्माण गर्न सक्ने वातावरण तयार गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ छ। त्यसका लागि दिगो रोजगारीका अवसर विस्तार र सामाजिक सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो।

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालमा विपद्को प्रकृति र जोखिमसमेत बदलिँदै गएको उल्लेख गर्नुभयो। उहाँका अनुसार जलवायुजन्य चरम मौसमी घटनाको संख्या र प्रभाव बढ्दै जाँदा विगतमा अपनाइएका परम्परागत विपद् व्यवस्थापनका उपाय मात्र पर्याप्त हुन छाडेका छन्।

उहाँले विपद् आइसकेपछि उद्धार तथा राहतमा केन्द्रित हुनेभन्दा जोखिम पहिचान गरी पहिल्यै तयारी गर्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दनिुभयो। यसका लागि जलवायु अनुकूल पूर्वाधार निर्माण, जोखिम न्यूनीकरणमा पर्याप्त लगानी तथा दिगो प्रविधि र नवप्रवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो।

नेपालको दीर्घकालीन भविष्य सुरक्षित गर्न जीवाश्म इन्धनमाथिको निर्भरता क्रमशः घटाउँदै स्वच्छ र दिगो ऊर्जाको प्रयोग विस्तार गर्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दनिुभयो। जलवायु परिवर्तनसँगै विश्वव्यापी अस्थिरता बढिरहेको अवस्थामा नेपालको विकासलाई वातावरणमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउनुपर्ने शाहको धारणा थियो।