काठमाडौं । अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरी नेपाल फर्काएको छ । मंगलबार अपराह्न करिब साढे ५ बजे उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । डिपोर्ट गरिएकामध्ये एक जना महिला रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले जानकारी दिएका छन् । उनीहरू नेपाल फर्किएसँगै प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।…