काठमाडौँ । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रसाईँविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो। जेनजी सहिद रसिक खतिवडाकी आमासमेत रहेकी सांसद रचनाविरुद्ध प्रसाईँले ‘छोराको लाशमा टेकेर…