एजेन्सी । दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय बस्तीको अस्तित्व नै संकटमा परेको छ। प्रत्येक वर्ष समुद्र तट साँघुरिँदै गएको र समुद्रले बगाएका घरका भग्नावशेष अहिले बाँकी रहेको जमिनमा छरिएका समाचार संस्था एएफपीले जनाएको हाे। करिब १० हजार मानिसको बसोबास रहेको आयटोरो सन् १९४७ मा सामुदायिक स्वामित्वमा आधारित समाज निर्माण गर्न चाहने कम्युनिस्ट विचारबाट…