Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


धापाखेलमा पहिरोले साढे तीनतले घर ढल्यो


2.3k
Shares

काठमाडौं। ललितपुरको धापाखेलमा पहिरोले साढे तीनतले एउटा घर ढलेको छ।

ललितपुर महानगरपालिका–२४ स्थित प्रगति टोलमा मञ्जु कुमारी राईको घर पहिरोमा परी पूर्ण रूपमा ढलेको हो। महानगरपालिकाका नगर प्रहरी विज्ञ सीताराम हाछेथुले पहिरोका कारण घर ढलेको जानकारी दिनुभयो।

घर ढले पनि त्यहाँ रहेका मानिसहरू भने सकुशल रहेको बताइएको छ। लगातारको वर्षापछि पहिरोले जमिन कमजोर बनाएपछि घर ढलेको प्रारम्भिक अनुमान गरिएको छ।

Skip This