खुशीमाया गुरुङ, लमजुङ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार १२ जना उम्मेदवारले औपचारिक रूपमा मनोनयन दर्ता गराएका छन्। प्रमुख दलका शीर्ष नेतादेखि स्वतन्त्र उम्मेदवारसम्म चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारी दर्ता गर्नेमा नेकपा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, नेपाली कांग्रेसका गमप्रसाद गुरुङ,…