काठमाडौँ । रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको समूहबीच शनिबार हुने भनिएको निर्णायक वार्ता अनिश्चित बनेको छ। शुक्रबार अबेरसम्म भएको छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव राखेपछि सहमति जुट्न सकेन। सभापति रवि लामिछानेलाई बनाउने र भावी प्रधानमन्त्रीमा बालेनलाई प्रस्ताव गर्ने विषयमा मोटामोटी सहमति भए पनि केन्द्रीय समिति र प्रतिनिधिसभा उम्मेदवारी छनोटमा…