Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


प्रतिनिधिसभाका प्रतिपक्षी दलहरूको बैठक आज बस्दै

संसद अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदमको विरोध गर्ने तयारी

0
Shares

काठमाडाैं । प्रतिनिधिसभामा प्रतिपक्षमा रहेका दलहरुको बैठक बुधबार बस्ने भएको छ ।

बैठक बुधबार मध्याह्न १२ बजे सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने भएकाे हाे । सरकारले संसद छलेर संवैधानिक परिषद् र सहकारी सम्बन्धी अध्ययादेश ल्याएपछि विपक्षी दलहरूको संसदीय दलको बैठक बस्न लागेको हो । प्रमुख विपक्षी दल एवं नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाउनुभएकाे छ। बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र विपक्षी दलहरूको प्रतिवाद रणनीतिलगायत एजेण्डामा छलफल हुने छ ।

मंगलबार प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ अध्यादेश पुगेपछि सरकारले संवैधानिक परिषद् र सहकारी सम्बन्धी अध्यादेश ल्याएको सार्वजनिक भएको हाे । लगत्तै प्रमुख विपक्षी दल कांग्रेससहित एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले कडा शब्दमा विरोध जनाएका छन् ।