Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


वीपी राजमार्ग फेरि पूर्ण रूपमा बन्द


0
Shares

काठमाडाैं । वीपी राजमार्ग फेरी पूर्ण रूपमा अवरुद्ध भएको छ ।

मंगलबार काभ्रेका विभिन्न ठाउँमा ठूलो पानी परेकाले रातिदेखिनै वीपी राजमार्ग अवरुद्ध भएको हो । तीन दिनपछि सोमबारदेखि खुलेको राजमार्गमा मंगलबार ठूलो पानी परेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि गाडी आवतजावतमा पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मौसममा सुधार आई सडक मार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशन गरी बाटो सञ्चालन भएको जानकारी गराउने पनि काभ्रे प्रहरीले जानकारी गराएकाे हाे ।