Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


विभिन्न तहमा खटाइएका कर्मचारीलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयलाई सरकारको आग्रह

सूचनामा तोकिएको समयभित्र हाजिर नभए कानून बमोजिम कारबाही गर्ने चेतावनी

0
Shares

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयलाईआग्रह गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराइ र सरुवा भएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका कार्यालय तथा मुड्केचुला गाउँपालिकासँग विवरण मागेको जनाएको छ ।

मन्त्रालयले कर्मचारीलाई समेत तीन दिनभित्र अनिवार्य रूपमा हाजिर हुन तथा रमाना लिन निर्देशन दिएको हाे । विभिन्न ठाउँमा खटाइएका कर्मचारी अहिलेसम्म कार्यस्थलमा नपुगेको गुनासो आएपछि मन्त्रालयले सूचना जारी गरेकाे हाे ।

सूचनामा तोकिएको समयभित्र हाजिर नभए कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएकाे छ।