Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सत्तारूढ दल रास्वपाकै सांसदबाट सरकारले ल्याउन खोजेको अध्यादेशको विरोध

संविधानको शब्दले मर्ममाथि प्रहार नगर्न गणेश कार्कीको सुझाव

0
Shares

काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसद सरकारले ल्याउन खोजेको अध्यादेशको विरोधमा उभिएका छन् ।

रास्वपा सांसद गणेश कार्कीले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे विरोधमा उभिनुभएकाे हाे । करिब दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था कुनै बहादुरी नभएको उहाँले टिप्पणी गर्नुभएको छ । संविधानले दिएको अधिकार प्रयोग गरेर ल्याईएको अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित रहेपनि संविधानको मर्ममा भने नरहेको सांसद कार्कीले भनाइ थियाे ।

संविधान अक्षरले मात्रै बाँच्ने नभएर मर्मको पालनाले जीवन्त रहने दस्तावेज भएको उहाँको ठहर छ । सांसद कार्कीले संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस् भन्दै विगतमा पनि सरकारले अध्यादेश ल्याउँदा आफूले उठाएका प्रश्नहरू अहिले पनि जीवित रहेको बताउनुभयाे ।