काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आइतबार आयोजित एकीकृत निर्वाचन विधेयक सम्बन्धी दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको निर्वाचन प्रणाली अत्यधिक खर्चिलो भएको बताउँदै त्यसलाई नियन्त्रण नगरेसम्म असमानता र अविश्वास बढ्दै जाने चेतावनी दिनुभयो । सांसद सापकोटाले…